संक्षिप्त परिचय

-सोलुखुम्बु जिल्ला पुर्वञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलको उत्तर भागमा पर्दछ । यस जिल्लाको उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पुर्वमा भोजपुर र संखुवासभा,पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङगा र खोटाङ जिल्लाहरु पर्दछन । यो जिल्ला ३० गाविस , १ नगरपालिका (दुधकुण्ड नगरपालिका) ,९ वडा इलाका र १ संसदीय क्षेत्रमा विभाक्त रहेको छ । यो जिल्ला यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्वमा नै प्रसिद्ध रहेको छ । यस जिल्लालाई पर्यटकहरुको सांग्रिला भनेर पनि चिनिन्छ । यहाँ रहेका विभिन्न जातजाति , भेषभुषा भाषा संस्कृत रहनसहन आदिको विविधताले यसको महत्वमा थप भुमिका खेलेको छ । विश्वको साहसी पर्वतारोही तथा प्राकृतिक तथा साँस्कृतिक वैभवका पारखीहरुलाई यस जिल्लाले सधैं आकर्षित गरिहरेको पाईन्छ।
थप पढ्नुहोस्
Skip to toolbar